पूर्वयुवराज पारस अकस्मात अस्पताल भर्ना, माइनर हर्टअट्याक भएको आशंका


काठमाडौ । छाती दुख्ने समस्या देखिएपछि पूर्वयुवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना भएका छन । यसअघि नै दुईपटक हृदयाघात भएका पारसकाे छाती दुख्ने समस्या देखिएपछि अाकस्मिक रूपमा उनलाइ अस्पताल लगिएकाे हाे ।

नर्भिकको आकस्मिक कक्षमा भर्ना भएका उनलाई मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार पासरलाई देखिएको लक्ष्णका अनुसार उनलाई माइनर हृदयाघात भएको बताइएको छ । उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जानकारी प्राप्त भएको छ ।