धनुषा करेण्ट घटनाका मृतक परिवारलाई ५ लाख सहयाेग, घाईतेको सम्पुर्ण उपचार सरकारले गर्ने « Eglish Khabarhub

धनुषा करेण्ट घटनाका मृतक परिवारलाई ५ लाख सहयाेग, घाईतेको सम्पुर्ण उपचार सरकारले गर्ने




काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पांच लाख दिने निर्णय गरेको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतीपुर्ती दिने र सम्पुर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने जानकारी दिएका छन ।

धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टीयामा विवाहको लागी जन्ती गएको बस फर्किने क्रममा करेण्ट प्रवाह भई आगलागी हुंदा ६ जनाको मृत्यु भएको थियो । मन्त्री पुनले घटनाप्रती दुखः व्यक्त गर्दै पिडित परिवारलाई क्षतीपूर्ती दिने र घाईतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने बताए ।

करेण्ट लागेर गत शुक्रवार २१ जना घाईते भएका थिए । १९ जना घाईते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् दुई जना हाल अस्पतालमै उपचाररत छन् ।

Publish on: