काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले फर्जी कागजपत्र बनाएर देवः बिकास बैंकबाट सवारी कर्जा लिएका ८ जनालाई पक्राउ गरेको छ ।
बैंकको विभिन्न शाखाबाट २ करोड १० लाख ८ हजार ९२६ रुपैयाँ घोटाला भएको ब्यूरोले जनाएको छ ।
आठ जनाले विभिन्न व्यक्तिहरुलाई विभिन्न समयमा ऋणी बनाई १६ वटा कर्जा फाइल बनाई २ करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा स्वीकृत गरेको पनि जनाएको छ ।
उनीहरुले बैंकका कर्मचारी र मुल्यांकनकर्तालाई सवारी साधन देखाई यातायात कार्यालयबाट प्राप्त प्रतिलिपी ब्लु बुकमा गलत विवरण राखेर ११ वटा ऋणीको नाममा नक्कली कागजातहरु बनार कर्जा लिएका थिए ।
ब्यूरोले ऋणीहरु नारायणबहादुर श्रेष्ठसहित, बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ, कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
यस्तै मूल्यांङ्कनकर्ता नेरशमान सिंह अमात्य र बैंकका शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार कारवाही गर्न सरकारी वकिल कार्यालय काठमाडौं र ललितपुरमा पठाएको जनाएको छ ।
SHARE YOUR THOUGHTS