कामना सेवा विकास बैंकले दियो कुष्ठ रोगका विरामीलाई ह्विल चियर « Eglish Khabarhub

कामना सेवा विकास बैंकले दियो कुष्ठ रोगका विरामीलाई ह्विल चियर



काठमाडौ । कामना सेवा विकास बैंकले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका विरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्त्र«ल टाउनसँंगको सहकार्यमा सो सहयोग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका डाइरेक्टर दिपक मर्हजन, सुपरिटेडेन्ट डाक्टर ब्रुस हाइस, प्रशासक अधिकृत युवराज आचार्य साथै बैंकका सञ्चालक चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रवन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विल चियर हस्तान्तरण गरेका हुन । हाल अस्पतालमा ४० जना भन्दा बढी जटिल अवस्थाका विरामीहरु रहेका र बैंकको यो सहयोगले थौरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकको नीति रहेको सञ्चालक देवकृष्ण काफ्लेले बताए ।

Publish on: