सामान्य अंकले घट्यो नेप्से, ३० करोडको कारोबार « Eglish Khabarhub

सामान्य अंकले घट्यो नेप्से, ३० करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज एक्सचेन्ज ९नेप्से०मा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३.८९ अंकले घटेर परिसूचक ११६०.९९ विन्दुमा पुगेको छ ।

यो दिनको १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता सेयर ३० करोड ८० लाख १४ हजार रुपैयाँ किनबेच भएको छ । मंगलबारको कारोबारमा दश वटा समूहको सेयर किनबेच भएको छ ।

१० समूहमध्ये वित्त कम्पनी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचकमा सामान्य सुधार आएको छ भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादन तथा प्रशोधन समूहको ६.६, अन्य समूहको १.२९ र वित्त कम्पनीको १.२८ अंकले बढेको छ ।

यो दिनको कारोबारमा सबै भन्दा बढी निर्जीवन बीमा कम्पनीको ६०.२३ अंकले घटेको छ । यस्तै लाइफ इन्स्योरेन्सको १६.७५, जलविद्युत कम्पनीको १३.८५, माइक्रोफाइनान्सको ६.१२, बैंकिङ समूहको ३.१७, विकास बैंकको ३.०७, होटेलको १.६९ अंकले घटेको छ ।

यो दिनको कारोबार रकमको आधारमा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । प्रभुको संस्थापक सेयर ३ करोड ५७ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

अपपर तामाकोशी र छिमेक लघुवित्त वित्तीय संस्था दोस्रो स्थानमा रहेका छन् । यो दिन सामुदायिक लघुवित्तको, सपोर्ट माइक्रोफाइनान्स, माहुली सामुदायीक लघुवित्तको सेयर मूल्य बढेको छ ।

यस्तै जनउत्थान सामुदायीक लघुवित्त, मिथिला लघुवित्त, यूनाईटेड मोदी हाईड्रो पावरको सेयर मूल्यमा गिरावट आएको छ ।

Publish on: