२९ मंसिर २०८२, आइतबार

एयरपोर्टबाट तस्करको सुन कटाउने कर्मचारी विरुद्ध साढे १४ करोड दाबी गर्दै अख्तियारले मुद्दा हाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले साढे १४ करोड रुपैयाँ भन्दा बढीको ‘अकुत’ आर्जन गरेको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

लामो समयदेखि विमानस्थल भन्सारमा सुनको जाँच गर्ने मेशिन चलाउने कर्मचारी श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध अख्तियारले १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत समम्पत्ति कमाएको भन्दै मुद्दा दायर गरेको हो ।

२०५३–१२–०५ देखि अनुसन्धान अवधिसम्ममा श्रेष्ठको पारिश्रमिक बचत १८ लाख १६ हजार ९४८ भएको छ। उनले निजी तथा सगोलसदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका नामबाट कर्जा लिएको देखिन्छ। उनले लिएको कर्जा रकम तीन करोड ४७ लाख ७६ हजर चार सय ३९ रुपैयाँ रहेको छ।

ज्ञानकृष्ण श्रेष्ठले अवकाश हुँदा लिएको औषधी उपचार सुविधा तीन लाख ७३ हजार ३६९ रुपैयाँ रहेको छ। उनको तलब ज्ञानकृष्ण श्रेष्ठको तलब २० लाख ४६ हजार ७०९ रुपैयाँ रहेको छ भने पेन्सन १० लाख ३६ हजार ९९५ रुपैयाँ रहेको छ।

श्रेष्ठले विदेश भ्रमण गरी प्राप्त गरेको ६० हजार दुई सय २५ रुपैयाँ देखिन्छ भने सन्ध्या श्रेष्ठको पारिश्रमिक तीन लाख ७६ हजार ८१ रुपैया रहेको छ।

रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत १४ लाख ३९ हजार ८६७ रुपैयाँ छ। उता रविना प्रधानांगको पारिश्रमिक बचत १२ लाख ६१ हजार चार सय २१ रुपैयाँ रहेको छ।

तारादेवी श्रेष्ठको पारिश्रमिक बचत पाँच लाख ३३ हजार ६ सय ७५ रुपैयाँ देखिन्छ भने जग्गा बिक्रीबाट दुई करोड ७९ लाख ७३ हजार ६ सय ८३ रुपैयाँ रकम जम्मा भएको देखिन्छ। उता फ्ल्याट बिक्रीबाट एक करोड ५७ लाख ८७ हजार ३२० रुपैयाँ जम्मा भएको देखिन्छ र घरबहाल आयबाट ३४ लाख रुपैयाँ प्राप्त गरेको देखिन्छ।

च्वामु श्रेष्ठले पदमा रहेर प्राप्त गरेको कमिसन नौ हजार सात सय ८० रुपैयाँ मात्र हो उनले सवारी साधनहरु बिक्रीबाट ५४ लाख १६ हजार तीन सय १० रुपैयाँ गरी उनले वैधानिक रुपमा नौ करोड ६३ लाख आठ हजार ८ सय २७ आर्जन गरेको देखिन्छ।

च्वामु श्रेष्ठले निजकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्ति बदनियत साथ राखेको तथा लुकाएको अख्तियारले दाबी गरेको छ।

कहाँ गरे लगानी ?

श्रेष्ठले २०५३ देखि अनुसन्धान अवधिसम्ममा जग्गा खरिदमा दुई करोड ४६ लाख ३९ हजार ३ सय २५ रुपैयाँ खर्च भएको छ।

घर निर्माणमा तीन करोड ८६ लाख १५ हजार आठ सय ८९ रुपैयाँ खर्च भएको छ। उनले अध्ययन खर्चमा १० लाख ३८ हजार चार सय तीन रुपैयाँ खर्च गरेको देखिन्छ।

उनले नमोबुद्द एग्रो प्रालि नामक कम्पनीमा गरेको लगानी पाँच करोड ४७ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ऋ ऋणको सावाँ व्याज भुक्तानीमा तीन करोड ७४ लाख ४४ हजार आठ सय ६ रुपैयाँ लगानी भएको देखिन्छ।

उनले सवारी साधन खरिदमा दुई करोड २६ लाख १६ हजाररुपैयाँ खर्च गरेका छन् । उनको बैंक मौज्दात ८६ लाख १८ हजार २७८ रहेको छ। घरबहाल कर तिरेको तीन लाख ५५ हजार ४१४ रुपैयाँ बुझाएका छन्। बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर ७१ हजार ९५० रुपैयाँ हो भने फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७५० रुपैयाँ लागेको छ। उनले शेयर खरिदमा ३५ हजार खर्च गरेका छन्।

यसरी उनले कुल १९ करोड ७४ लाख ५५ हजार ८१६ खर्च तथा लगानी गरेको देखिन्छ। तर उनको स्रोत खुलेको आय भने ९ करोड ६३ लाख ८ हजार ८२७ रुपैयाँ हो। अख्तियारका अनुसार उनले १० करोड ११ लाख ४६ हजार ९ सय ८८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गरेको छ।

सुन तस्करसँग मिलेमतो

श्रेष्ठ तत्कालीन डिआइजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरोमा रहँदा काठमाडौँको तिलगंगाबाट बरामद गरिएको तस्करीको ३३ केजी सुन प्रकरणमा पनि मुछिएका थिए। दुबई हुँदै भित्र्याएको सुन श्रेष्ठले विमानस्थल भन्सारबाट निकाल्न मद्दत गरेको तथ्य प्रहरी अनुसन्धानबट खुलेको थियो।

३८ क्वीन्टल सुन तस्करीमा मुछिएर पक्राउ परेका मोरङको उर्लाबारीका चूडामणि उप्रेतीको समूहसँग श्रेष्ठको पनि संलग्नता रहेकाले त्यसमा पनि जोडेर हेरिएको छ।