२९ मंसिर २०८२, आइतबार

डस्टरको ‘आरएक्सएस’ पेट्रोल भेरियन्ट सार्वजनिक , यस्तो छ मूल्य र विशेषता (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै । रेनल्टको डस्टर आरएक्सएस पेट्रोल भेरियन्ट कार सार्वजनिक भइ विक्रि वितरण शुरु भएको छ ।

यस अघि डिजेल भेरियन्टमा विक्रि हुँदै आएको यो गाडि अब नेपालमा पनि पेट्रोल भेरियन्टमा विक्रि हुन लागेको हो । नेपालमा यसको आधिकारिक वितरक एडभान्स अटोमोवाइल्स रहेको छ । फ्रान्सेली कार उत्पादक कम्पनीद्धारा उत्पादित यो गाडि निकै आकर्षक र विभिन्न विषेताले भरिपुर्ण रहेको आधिकारिक वितरकका जनरल म्यानेजर अधिर कुमार श्रेष्ठले बताए ।

यसको मुल्य र विशेषता के छन त ?

यो कारको मूल्य ४३ लाख ५० हजार रहेको छ । यो डस्टरको फुल अप्सन एसयूभी हो । फुल्ली लोडेड यो गाडिमा डियुल एयरव्याग,  इबीडी, ब्रेक एसिस्ट, हिल एसिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोगाम, चाइल्ड सेफ्टी लक, एबीएस, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ्,  पावर डोर लक, ओभिआरएममा ट्रन इन्डिकेटर, हेडल्याम्प बिम एड्जस्टर लगायतका विभिन्न फिचर रहेको एडभान्स अटोमोवाइल्का जनरल म्यानेजर अधिर कुमार श्रेष्ठले बताए ।

यसका साथै यो गाडिलाइ थप आरामदायी बनाउनका लागि एयर कन्डिसनर, हिटर, स्टेरिङ् एड्जस्टमेन्ट, स्टेरिङ् माउन्टेड अडियो, पावर सप्लाई पोर्ट, इलेक्ट्रीकल्ली एड्जस्टेवल रियर भ्यू मिरर, रियर आर्मरेष्ट, किलेस इन्ट्रि, इएसपी, इन्फोटेन्टमेनट सिस्टम, लगायतका फिचर रहेका छन ।

यस गाडीमा अत्यावस्यक सूचनाको लागि डिस्टायन्स टु इम्पीटी, फियुल इफिसेन्सी इन्डिकेटर, डोर जार वार्निङ, लो फियुल वार्निङ, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर समेत रहेका छन ।

विशेषत सुरक्षा र आरामदायी हिसावले उत्पादन गरिएको यो भेरियन्टको ग्राउन्ड क्लियरेन्स र लुक्स समेत राम्रो रहेको छ ।

भिडियोमा हेर्नुहोस गाडि र यसका विशेषता