काठमाण्डौ – देशमा एउटा पनि राम्रो रंगशाला नभएको र खेलकुदलाई सरकारले प्रोत्साहन नगरेको गुनासो आइरहेका बेला धुर्मुस सुन्तली फाउण्डेसनले बनाउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा आज हुने भएको छ ।
राजधानीको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुको उपस्थितिमा आज उक्त घोषणा हुने भएको हो ।
चितवनको भरतपुर महानगरपालिका स्थित रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको हो ।
रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन । साथै ४ महिनामा रंगशालाको डीपीआर तयार हुने र त्यसपछि शिलान्यास गरि २ वर्षभित्र उक्त पहिलो आधुनिक क्रिकेट रंगशाला बन्नेछ ।
SHARE YOUR THOUGHTS