बैंकको नाफाः नविलको सवा २ अर्ब, सानिमाको ९८ करोड र सनराइजको ७९ करोड « Eglish Khabarhub

बैंकको नाफाः नविलको सवा २ अर्ब, सानिमाको ९८ करोड र सनराइजको ७९ करोड



काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आईपुग्दा आफ्नो नाफामा १८.४५ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको सोहि अवधिमा १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ नाफा गरेको बैंकले यो वर्ष २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै बैंकको वितरण योग्य नाफा २ अर्ब ४ करोड ५० लाख ४८ हजार रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत वर्षको दोस्रो त्रैमासमा २ अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको नबिलको चालु आवको सोहि अवधिमा २३.०१ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि १८.३० प्रतिशतले बढेर ३ अर्ब ८ करोड ३६ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा २ अर्ब ९३ करोड ५६ लाख ४५ हजार रहेको थियो ।

८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५२ करोड ३७ लाख ५३ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४९ अर्ब ३८ करोड २० लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३० अर्ब ७१ करोड ६ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खराब कर्जा घटेर ०.६२ प्रतिशतमा आएको छ । गत वर्षको सोहि अवधिमा १.१३ प्रतिशत रहेको थियो । ५४ रुपैयाँ २८ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ २८० रुपैयाँ ५७ पैसा रहेको छ ।

सानिमाको १८ प्रतिशतले बढ्यो

सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ९८ करोड २० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा ८३ करोड ५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको बैंकको यो अवधिमा नाफा १८.२४ प्रतिशतले बढेको छ ।

बैंकले यो अवधिमा ९४ करोड ९९ लाख ८१ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा क्रमशः ४०.९९ र १८.६३ प्रतिशतले बढेको छ ।

गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३५ करोड ४२ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा १ अर्ब ९० करोड ९४ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ३९ करोड ३७ लाख ४१ हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत वर्षको सोहि अवधिमा १ अर्ब १७ करोड ४८ लाख ७ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।

८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ६४ करोड ४३ लाख ५१ हजार रुपैयाँ रहेको छ । ८५ अर्ब ६८ करोड ८ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७७ अर्ब २२ करोेड ६९ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्ष ०.०३ प्रतिशत खराब कर्जा रहेको बैंकको यो वर्ष भने बढेर ०.२४ प्रतिशत पुगेको छ । २४ रुपैैयाँ ६२ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ०४ पैसा रहेको छ ।

सनराइजको नाफा ३४ प्रतिशतले बढ्यो

त्यसैगरी, सनराइज बैंकले बैंकले प्रकाशित गरेको विवरण अनुसार नाफा गत वर्षको भन्दा ३४.९२ प्रतिशतले बढाएर ७९ करोड २७ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकको नाफा ५८ करोड ७५ लाख ५८ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरण योग्य नाफा ७२ करोड ६१ लाख ५५ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

दोस्रो त्रैमाससम्म आईपुग्दा बैंकको खुद ब्याज आम्दानी ३५.०४ प्रतिशतले बढेर १ अर्ब ७२ करोड १४ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा १ अर्ब २७ करोड ४४ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा पनि १४. १९ प्रतिशतले बढेर १ अर्ब १३ करोड ५९ लाख ४ हजार रुपैयाँ पुगेृको छ । गत वर्ष ९९ करोड ४७ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १० करोड ६१ लाख ३० हजार रुपैयाँ रहेको छ ।

७६ अर्ब ६ करोड २६ लाख ७ हजार रुपैयाँ निक्षपे संकलन गरेको बैंकले ६७ अर्ब ७५ करोड ३७ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खराब कर्जामा सुधार भएर १.२६ प्रतिशत रहेको छ । जुन गत वर्षको सोहि अवधिमा १.६५ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा रहेको सनराइजको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३७ पैसा रहेको छ ।

Publish on: