नयाँ बानेश्वरमा गरिमा विकास बैंकको शाखा खुल्यो « Eglish Khabarhub

नयाँ बानेश्वरमा गरिमा विकास बैंकको शाखा खुल्यो




काठमाडौ । गरिमा विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ शाखा कार्यालय खोली कारोवार शुरु गरेको छ ।
नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठे गरेका हुन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा ,देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

Publish on: