हिमालयनको नाफा ६ करोडले बढ्दा लक्ष्मीको १६ करोडले बढ्यो « Eglish Khabarhub

हिमालयनको नाफा ६ करोडले बढ्दा लक्ष्मीको १६ करोडले बढ्यो



काठमाडौं । हिमालयन बैंकले ६ करोड रुपैयाँ नाफा बढाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले पुस मसान्तसम्ममा १ अर्ब ३६ करोड नाफा गरेपनि नियामकिय व्यवस्था अन्तर्गत गर्नुपर्ने प्रोभिजनका कारण बैंकको फ्रि प्रोफिट १ अर्ब १६ करोड रहेको छ । अघिल्लो वर्षको बैकको फ्रि प्रोफिट १ अर्ब १० करोड रहेको थियो । नाफा भने १ अर्ब १० करोड रहेको थियो ।

पुस मसान्तसम्ममा हिमालयन बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको इपिएस ३२ रुपैयाँ रहेको छ ।
यस्तै लक्ष्मी बैंकले ६७ करोड रुपैयाँ फ्रि प्रोफिट गरेको छ । अघिल्लो वर्षको पुस मसान्तमा यस्तो नाफा ५१ करोड थियो । ७२ करोड नाफा गरेको लक्ष्मी बैंकले नियामकिय व्यवस्था अन्तर्गत गर्नुपर्ने प्रोभिजनको कारण प्रि प्रोफिट ६७ करोडमा झरेको छ ।

पुस मसान्तसम्ममा बैंकको निक्षेप ७५ अर्ब निक्षेप रहेको छ भने ७० अर्ब रुपैयाँ ऋण रहेको छ ।

१७.६१ पैसा बैंकको इपिएस रहेको छ ।

Publish on: