काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर दलाल व्यवसायी (ब्रोकर) हरुलाई सेयर लगानीकर्ताहरुबाट अग्रिम रकम नलिन निर्देशन दिएको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ अनुसार सेयर खरिद आदेश कार्यान्वयन गर्दा हुने अनुमानित रकमको २५ प्रतिशत रकम सेयर दलालहरुले अग्रिम लिन पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।
केही सेयर दलालहरुले बिक्री कारोबारमा अग्रिम रकम मागेको पाइएको भन्दै आगामी दिनमा यस्तो नगर्न भनेको छ ।
नेप्सेले सेयर दलालहरुलाई नियमावलीमा भएको व्यवस्था बमोजिम नै काम गर्न निर्देशन दिएको छ ।
SHARE YOUR THOUGHTS