काठमाडौं । सेयर कारोबारमा साताको अन्तिम दिन बिहीबार नेप्से इन्डेक्समा सामान्य सुधार देखिएको छ ।
बिहीबार नेप्से सूचक १.०४ अंकले बढेर ११६१.६३ बिन्दुमा आईपुगेको छ ।
यो दिन १६८ कम्पनीको ९ लाख ७ हजार ३१४ कित्ता सेयर २७ करोड ३३ लाख ८७ हजार ४४३ रुपैयाँमा किनबेच भएको छ । यो दिन ११ वटा समूहको कारोबारमा ६ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
नेप्सेमा १६८ कम्पनीको २७ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी नागरिक लगानी कोषको ३ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
बिहीबारको कारोबारमा सबैभन्दा कमाउने लगानीकर्तामा चौतारी लघुवित्तका लगानीकर्ता रहेका छन् । यस्तै गुमाउने लगानीकर्तामा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता छन् ।
SHARE YOUR THOUGHTS