प्रचण्डलाई अर्थशास्त्री पौडेलको सुझाबः अमेरिकालाई गाली गरेर भेनेजुएलाको समर्थन गर्नु बेकार « Eglish Khabarhub

प्रचण्डलाई अर्थशास्त्री पौडेलको सुझाबः अमेरिकालाई गाली गरेर भेनेजुएलाको समर्थन गर्नु बेकार



माओले चीनको सोभियत संघसँग सन् १९६९ मा सिमा युद्ध भएपछि अमेरिकातिर मित्रताको हात मिलाएका थिए, राष्ट्रको निम्ती कुनै वादभन्दा महत्वपूर्ण राष्ट्रिय स्वार्थ हुन्छ भन्दै ।

सन् १९७८मा देङ स्याओपिङले चिनियाँ विद्यार्थीहरु अमेरिका पढ्न पठाउन थाल्दा पश्चिमाहरुको शिक्षाबाट चीन डराउनुपर्दैन,सबै नफर्किएपनी जती फर्किन्छन ति बाट पनि चीनलाई निकै फाईदा हुनेछ भनेका थिए।

यसरी राष्ट्रिय स्वार्थलाई अगाडि राखेर नीति बनाएकोले चीन गएको केही दशकमा विकसित र बलियो भएको छ।

हाम्रा नेताहरु भने फरक छन्।

नेपाल खुला हुनेवित्तिकैको (सन् १९५० देखि सन १९६० को) दशकमा अमेरिका नेपालमा सहयोग गर्न आएको थियो।

अमेरिकाले त्यहिबेला चितवनको मलेरिया उन्मुलन गर्ने, नारायणघाट–हेटौंडा सडक बनाउन सहयोग गर्ने, रामपुरमा कृषि क्याम्पस बनाइदिने र सयौं विशेषज्ञलाई ट्रेनिङ दिने जस्ता सहयोग गरेको थियो।

सरकारी तथ्यांक हेर्दा २००८ सालमा नेपालमा विदेशी सहयोग आउन थालेकोमा आर्थिक वर्षहरु २००८/०९, २००९/१०, २०१०/११, २०११/१२, २०१४/१५, २०१५/१६, २०१६/१७, २०१७/१८, २०१८/१९, २०१९/२०, २०२०/२१, मा हाम्रो सबैभन्दा ठुलो दाता अमेरिका थियो भने २०१२/१३ मा भारतपछिको दोश्रो ठुलो दाता थियो।

हाल पनि अमेरिकाकै युएसएड नेपालको सबैभन्दा ठुलो द्विपक्षीय सहायता गर्ने संस्था हो भने विश्व वैंक र एशियाली वैंक नेपालका सबैभन्दा ठुला वहुपक्षीय दाता संस्थाहरु हुन जहाँँ अमेरिकाकै सबैभन्दा धेरै सेयर छ।

आजपनि अमेरिकामा हजारौ नेपाली पढ्न गएका छन, हजारौंले छात्रव्रित्ती पाएका छन। लाखौं नेपाली त्यहाँको वासिन्दा छन्।

अमेरिकामा गोली चल्यो भने यहाँँका लाखौंं घरमा हामी झसङ्ग हुन्छौं । र, कुन शहरमा यस्तो भएछ भनेर हेर्छौं। गएको वर्ष भारत र चीनपछि सबैभन्दा धेरै अर्थात ९१,७८५ जना पर्यटकहरु अमेरिकाबाट आएका थिए भने अमेरिकास्थित फोर्ड फाउण्डेशन, गेट्स फाउन्डेशनजस्ता गैर्‍ह सरकारी फाउण्डेशनहरुको पनि नेपालमा निकै सहयोगको ईतिहास छ।

हाम्रो देशमा अहिले पनि अमेरिकी सहयोगमा विभिन्न काम भैरहेका छन्। ५५ अर्ब रुपैयाँमा बन्न लागेको हेटौंडादेखि नौबिसे हुँदै बुटवल जाने ४०० केभिको ट्रान्समिसन लाइन संभवतः कुनै पनि देशले पूर्णअनुदानमा बनाइदिन लागेको सबैभन्दा ठुलो प्रोजेक्ट हो।

हाम्रो राष्ट्रिय स्वार्थसँग कुनै सम्बन्ध नभएको मुलुकलाई लिएर हाम्रो मित्र राष्ट्रलाई गाली गर्नुपर्ने, वक्तव्य निकाल्नुपर्ने आवश्यकता देख्नुहुने हाम्रा नेताहरुले माओबाट सिकेको चाँही के रहेछ ?

Publish on: