२९ मंसिर २०८२, आइतबार

ब्रोकरलाई धितोपत्र बोर्डले भन्यो- उपत्यका बाहिर शाखा खोल्न पूर्वाधार तयार पार्नू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८ वटा धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापना गर्न आवश्यक पूर्वाधार तयार गर्न भनेको छ ।

बोर्डले उपत्यका बाहिर शाखा कार्यालय खोल्ने निवेदन दिएका धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्लहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखा खोल्ने कम्पनीलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्न भनेको हो ।

धितोपत्र कारोवार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्धभई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्ने गरी पूर्वाधारको काममा लाग्न भनेको हो ।

हाल काठमाण्डौ उपत्यका वाहिर देशका १३ जिल्लाको ४१ स्थानवाट धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालयमार्फत सेवा प्रदान भइरहेको बोर्डले जनाएको छ ।

देश संघीय संरचनामा गएको भन्दै सोहि अनुसार वजार विस्तार गर्दै जानु पर्ने भएकाले दलाल व्यवसायीले शाखावाट हुने कारोवार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालय र नेप्सेको प्रणाली आबद्ध हुनुपर्ने जनाएको छ ।

गत असार मसान्त पश्चात बोर्डमा शाखा कार्यालय स्थापनाको स्वीकृतिको लागि धितोपत्र दलाल व्यवसायीहरुले निवेदन दिएको जनाएको छ ।

बोर्डले मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवित्तिहरुको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि श्रोत व्यवस्थापन सम्बन्धी सुझाव समितिको प्रतिवेदन बमोजिम धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने काममा बोर्डले काम गरिरहेको जनाएको छ ।