काठमाडौं । कुमारी बैंकले सुरक्षित भिसा त्रेडित कार्ड सुविधा दिने भएको छ । अब भिसा क्रेडिट कार्ड भएका ग्राहकहरुले उक्त कार्डबाट सुरक्षित इ–कमर्स कारोबारहरु गर्न सक्नेछन् ।
थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा महसुस गर्ने बैंकले जनाएको छ । जस अन्तर्गत कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा एसएमएसबाट “वान टाइम पासर्वड” प्राप्त गर्ने छन्, जसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुनेछ । अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ्ग लगायतका अतिरिक्त कारोबार गर्न बैंकले जानकारी दिएको छ ।
यस सुरक्षा प्रणाली कार्यान्वयन पश्चात् बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ्ग सेवा लगायत अनलाइन कारोबार प्रणालीमा विश्वास बढ्नेमा बैंक विश्वस्त रहेको छ । यसैगरी, कार्डहोल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको वान टाइम पासर्वड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । समसामयिक सन्दर्भमा पहिचान चोरी लगायत अनलाइन भुक्तानीमा बढ्दो ठगीलाई न्यूनीकरण गर्दै आफ्ना ग्राहक वर्गहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा दिने प्रयत्नका साथ उक्त प्रणाली प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS