झोले सहकारीले दुख दिए, १८५६ संस्थालाई घटाएर ७ सयमा झार्नुपर्छः काठमाडौं महानगर « Eglish Khabarhub

झोले सहकारीले दुख दिए, १८५६ संस्थालाई घटाएर ७ सयमा झार्नुपर्छः काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकालले उपत्यकाभित्र रहेका सहकारी संस्थाको संख्या घटाउनु पर्ने बताएका छन् ।

सहकारीका विषयमा आयोजित छलफलमा उनले कामनपाभित्र रहेका १८५६ सहकारी संस्थालाई घटाएर ७ सयको हाराहारीमा कायम गर्नुपर्ने बताए ।

हाल भएका सहकारी संस्थाहरुमध्ये ३/४ सय वटा त पोके (झोले) सहकारी रहेको र ती सहकारी संस्थाहरुले सदस्यका हितमा काम नगरेको उनको भनाई छ ।

सहकारीको हितमा काम नगर्ने तर सञ्चालक सदस्यको हितमा काम गर्ने सहकारी संस्थाहरुलाई राख्न आवश्यक नरहेको उनको भनाई छ । पछिल्लो समयमा केही सहकारी संस्थाहरु त आफै नै मर्जमा जाने समेत सोच बनाउने क्रममा रहेको उनको भनाई छ ।

उकामनपा भित्र रहेका सहकारी संस्थाहरुको सख्या घटाउन सकेको खण्डमा एउटै घरमा ५, ६ वटा सहकारी संस्था पनि नहुने र उनीहरु प्रति अस्वस्थ प्रतिस्पर्धा पनि नहुने तर्क गरे ।

‘एउटै तलामा ४/५ सहकारी संस्थाहरु रहेको छन्, पहिलो तलामा रहेको सहकारीले दिने ब्याज दोस्रो तलामा रहेको सहकारीले बढी दिन्छ, त्यो भन्दा माथिल्लो तलामा गयो भने अझ बढी ब्याजदर छ, त्यो हुनु भएन,’ उनले भने ।

ढकालका अनुसार अहिले त ठूला घराना पनि सहकारी संस्थामा आएका छन् ।

‘केही सहकारी संस्थाहरुल वाणिज्य बैंहरुलाई नै चुनौती दिने खालका पनि थिए’ उनले भने ‘वाणिज्य बैंकबाट झरेको पैसा टिप्छन र ऋण दिन्छन्, ४/५ वर्ष सम्म ऋण लिएको मान्छेलाई केही जानकारी गराउँदैनन, त्यसपछि लिएको ऋणभन्दा दोब्बर लिएर घर र घाटको बनाउँछन् ।’

उनले पछिल्लो समयमा विभिन्न आईएनजिओहरुले समेत सहकारी संस्थाहरु खोल्ने गरेको जानकारी गराए । उनले देशभरका सहकारी संस्थामध्ये सबैभन्दा बढी समस्या काठमाडौं भित्रको सहकारी संस्थामा रहेको समेत बताए ।

पहिला कानूनको अभावमा सहकारी संस्थाहरु बेलगाम जस्तै भएपनि अहिले बनेको कानूनले त्यो हुँन दिँदैन् । अहिलेको कानूनमा बैंकिङ कसूर वा सो सरहसम्म कारबाही गर्नेभएपछि खराब गर्ने सहकारीहरु तह लाग्ने उनको तर्क छ ।

यतिबेला महानगर उपत्यका भित्रका उपभोक्ता मुखी सहकारी संस्थाहरुको प्रबद्र्धनमा लाग्ने उनको भनाई छ । हाल भएका ४५/५० वटा सहकारी संस्था रहेकोमा ती पनि निष्कृय रहेको भन्दै ती सहकारीलाई विशेष प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए ।

‘भने यस्ता सहकारी संस्थालाई ब्यूत्याउन सकेको खण्डमा बजारमा २५ रुपैयाँमा काउली पाँउदा किसानले २ रुपैयाँ नपाएर बारी मै डोजर चलाउनुु पर्ने अवस्था आउँदैन,’ उनले भने ।

आगामी दिनमा महानगरले उपभोक्ता र श्रमीकको हितमा काम गर्ने सहकारीलाई प्राथमिकतामा राख्ने पनि जानकारी गराए ।

Publish on: