काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमसमा आईपुग्दा नाफा आर्जन ३५.०९ प्रतिशतले बढाएर २ अर्ब ४० करोड ९९ लाख ६२ हजार पुर्याएको छ ।
गत वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ७८ करोड ३९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७८ करोड ३९ लाख २३ हजार रुपैयाँ रहेको वितरणयोग्य नाफा यो वर्षको सोहि अवधिमा आईपुग्दा २ अर्ब १७ करोड ८१ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको सञ्चालन मुनाफा २३.४९ प्रतिशतले बढेर चार अर्ब ९५ करोड ३६ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा चार अर्ब १ करोड १३ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन मुनाफा पनि ५२.३० प्रतिशतले बढेर ३ अर्ब ४३ करोड ७५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा २ अर्ब २५ करोड ७० लाख ४० हजार रहेको थियो ।
नौ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चिती कोषमा १२ अर्ब ४४ करोड ४७ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ८१ अर्ब ५९ करोड ६६ लाख २९ हजार निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३४ अर्ब ८७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा भने बढेर ३.४० प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा बैंकको खराब कर्जा ३.११ प्रतिशत रहेको थियो ।
SHARE YOUR THOUGHTS