काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित सेन्ट्रो कार फागुन २ गते नेपालमा लन्च हुने भएको छ ।
हुन्डाईको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फागुन २ गते सेन्ट्रो लन्च गर्ने भएको हो ।
भारतीय बजारमा सेन्ट्रो कात्तिक ६ गते लन्च भएको थियो ।
भारतीय बजारमा पाँचवटा मोडलको सेन्ट्रो लन्च भएको थियो । जसमा सबैभन्दा सस्तो सेन्ट्रो डिलाइट हो ।
जसको मूल्य भारतीय बजारमा ३.८९ लाख तोकिएको छ । नेपालमा भने कर सहित गर्दा २४ देखि २५ लाख रुपैयाँ यसको मूल्य पर्ने कम्पनीले जनाएको छ । हुन्डाईको सेन्ट्रो मध्यमवर्गले निकै नै रुचाएको गाडी हो ।
SHARE YOUR THOUGHTS