क्रिकेट रङगशाला बनाउने पैसा जुटाउन मलेसिया पुगे धुर्मुस-सुन्तली, सिटी एकसप्रेसको साथ « Eglish Khabarhub

क्रिकेट रङगशाला बनाउने पैसा जुटाउन मलेसिया पुगे धुर्मुस-सुन्तली, सिटी एकसप्रेसको साथ



काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पैसा जुटाउने उदेश्यले चर्चित हाँस्य कलाकार धुर्मुस-सुन्तली मलेसिया पुगेका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रंगशाला निर्माणार्थ मलेसियाको ३ शारमा ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तुली साँझ-२०७५’ को आयोजना गरेको हो ।

धुर्मुस सुन्तली सिटी एकसप्रेसका ब्राण्ड एम्बेसडर पनि हुन् । मलेसियाको क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नीमा भएको छ ।

अब फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै ३ अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो सहयोग पाउने विश्वास गरिएको धुर्मसले बताएका छन् ।

Publish on: