काठमाडौं । मानव तस्करी भएको आशंकमा प्रहरीले भारतबाट ३२ पुरुष र एक सय ४७ जना महिलासहित एक सय ७९ जनालाई उद्दार गरेको छ ।
नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्यानइएका एक सय ७९ जनालाई उद्दार गरेको प्रहरीले जनाएको छ । उनीहरु रोजगारीका लागि गएको भनिएपनि मानव तस्करीमा परेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदुतावासका काउन्सुलर (सहचरी), नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उद्दार गरेको जनाइएको छ ।
उद्दार गरिएकाहरुलाई नेपाल ल्याउने आवश्यक प्रक्रिया भइरहेको छ भने उनीहरुलाई त्यहाँसम्म पुर्याउनेको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS