काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपिओ) शुक्रबार बाँडफाँड भएको छ ।
माघ १८ देखि २२ गतेसम्म कम्पनीले ६ लाख ७४ कित्ता सेयर निष्काशन गरेको थियो । ६ लाख ७४ हजार कित्ता मध्ये ० दशमलव ५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सेयर सामुहिक लगनी कोषलाई छुट्याइएको थियो । बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
उक्त सेयरमा ३ लाख ९ हजार ७ सय ८२ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये ६ सय ७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदन दिएकामध्ये गोलाप्रथाबाट ६२ हजार ९ सय ९३ आवेदकले १० कित्ता सेयर पाएका छन् ।
कुल २ लाख ४६ हजार १ सय १२ जना आवेदक भने सेयर पाउनबाट बन्चित भएका छन् ।
SHARE YOUR THOUGHTS