यी हुन् सबैभन्दा सस्तो सेयर मूल्य भएका ५ वाणिज्य बैंक, किनिराखे फाइदै हुन्छ « Eglish Khabarhub

यी हुन् सबैभन्दा सस्तो सेयर मूल्य भएका ५ वाणिज्य बैंक, किनिराखे फाइदै हुन्छ



काठमाडौं । यतिबेला लगभग साधारण सेयर (आईपीओ)को मूल्यमा दोस्रो बजारमा वाणिज्य बैंकको सेयर पाइने भएको छ । साधारण सेयरमा प्रतिकित्ता एक सय रुपैयाँमा आवेदन दिनुपर्छ । तर केही वाणिज्य बैंकको सेयर लगभग डेढ सय रुपैयाँको हाराहारीमा आएको छ ।

२८ वाणिज्य बैंकमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २७ वटा बैंक सुचिकृत छन् । ती मध्ये ५ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल झरेको छ । २ सय रुपैयाँ भन्दा कम सेयर मूल्य हुने ५ बैंकमा पनि सबै भन्दा कम सिभिल बैंकको सेयर मूल्य १ सय ५८ रुपैयाँ मात्रै रहेको छ ।

यी ५ बैंकको सेयर मूल्यले भने लगानीकर्तालाई निरास बनाएको छ । तर, यति सस्तो मूल्यमै वाणिज्य बैंकहरुको सेयर पाउनु भनेको लगानीका लागि अवसर पनि हो ।

यी बैंकबाट अहिले ठूलो प्रतिफल त पाइँदैन । तर, किनिराखे दीर्घकालमा राम्रो प्रतिफल पाइने संभावना भने बढी हुन्छ । किनभने यी बैंकको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ बढ्यो भने तपाईंले लगानी गरेभन्दा दुई गुणा बढी नाफा हुन्छ ।

 बैंकको नाम   अन्तिम बजार मूल्य
सेञ्चुरी रु.१६७
सिभिल रु.१५८
जनता रु.१६८
मेगा रु.१६५
नेपाल बंगलादेश रु.१८६

Publish on: