बुद्ध एयरले २४ हजारमै काठमाण्डौ–कोलकाताको दोहोरो उडान गर्ने « Eglish Khabarhub

बुद्ध एयरले २४ हजारमै काठमाण्डौ–कोलकाताको दोहोरो उडान गर्ने



काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पश्चिम बंगालका राजधानी कोलकाता उडानका लागि बुध्द एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको छ ।

बुध्द एयरले नवबर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ । कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एकमात्र नेपाली विमानसेवा कम्पनि हो ।

शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ ।

यात्रुको समय र पैसाको वचत होस् हेतुले बुध्द एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले गर्नेछन् ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुध्द एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिएको छ ।
बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।

Publish on: