नेपालमा उच्च प्रविधिको तालिम केन्द्र खोल्न राजदूत शाक्यको प्रस्ताव « Eglish Khabarhub

नेपालमा उच्च प्रविधिको तालिम केन्द्र खोल्न राजदूत शाक्यको प्रस्ताव



काठमाडौँ । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन् ।

इजरायलको जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीनसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव गरेकी हुन् ।

इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचना प्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने राजदूत शाक्यले प्रस्ताव राख्नु भएको हो ।

राजदूत शाक्यले राष्ट्रपतिसँगको भेटमा आपसी हितका विषयमा छलफल गरेको बताइएको छ । राजदूत शाक्यले राष्ट्रपतिसँगको भेटमा नेपालमा लगानी गर्न आग्रह गरेको र राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिएको जानकारी दिइन् ।

‘इजरायली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ,’ राजदूत शाक्यले भनिन्, ‘राष्ट्रपतिज्युको भेटमा पनि यो विषयमा कुराकानी भयो । राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिनुभयो । २०१९ मार्च महिनामा नेपालमा लगानी सम्मेलन हुँदैनछ । मैले इजरायली लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपतिसमक्ष लगानीको प्रस्ताव गरेकी छु ।’

शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि बताइन् ।

भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई इजरायलको भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएकी छिन् ।

राजदूत शाक्यले नेपाललाई इजरायली सरकारले विषेश महत्व दिएको भन्दै आगामी दिनमा नेपालको हितमा इजरायली सरकारको सकारात्मक सहयोग रहनेमा आशावादी रहेको बताइन् । राजदूत शाक्य माघ २५ गते शुक्रबार इजरायल प्रस्थान गरेकी थिइन् ।

Publish on: