मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऊर्जामन्त्री शर्मा पश्चिम सेती प्रभावित क्षेत्रमा


डोटी। ऊर्जामन्त्री जनार्दन शर्माले आज पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका थिए ।

बैतडीको ढुङ्गाढमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरे ।

‘आयोजनाका विषयमा सरकार गम्भीर छ, तपाईहरु ढुक्क हुनुस्, पश्चिम  सेती बन्छ , आयोजना निर्माणका क्रममा आउनसक्ने सम्पूर्ण अवरोध सरकारले हटाएको तथा सेयरको विषयमा टुङ्गो लागिसकेको छ,’ उनले भने ।  विस्थापितलाई उचित मुआब्जा उपलब्ध गराएर सुविधा सम्पन्न सहरमा पुनःस्थापना गरिने उनको भनाइ थियो ।

उक्त अवसरमा प्रभावित क्षेत्रका बासिन्दाले पश्चिम सेती परियोजना निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए । उनीहरुले आफूहरु सो परियोजना बन्नेमा आशावादी रहेको बताएका थिए । रासस