१ पुस २०८२, मंगलबार

विभिन्न सुविधासहित साङ्गयोङ्ग मोटर्सको सोरुम पोखरामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । आइ.एम्.एस् ग्रुपको आधिकारीक बिक्र्रेता साङ्गयोङ्ग मोट्र्सले आफ्नो शोरुम पोखराको उत्तमचोकमा पनि सुरु गरेको छ ।

उक्त शोरुमको कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् गुरुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम् .एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा. लि. पोखराको नयाँबजारमा छ । सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोट्र्स्ले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने जनाएको छ ।

उक्त योजनाका अलावा अब ग्राहकहरुले गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निशुल्क पाउनेछन । त्यसै गरी स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था र झन्झ्ट मुक्ते बैङ्ग फाइनान्सीङ्गको व्यवस्था समेत रहेको छ । फ्रि रोड् ट्याक्स् ( २०७५/२०७६ ), ६०,००० किलो मिटर सम्म तिन बर्षे वारेन्टी , ५ बर्ष सम्म फ्रि सर्भिसङ्गि ,सहुलीयत दरमा गाडीका पार्ट, प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था जस्ता विविध सेवाहरु समेत ग्राहकले पाउने भएका छन ।