काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।
संस्थाले २ लाख ६९ हजार ६३० कित्ता सेयर जारी गर्ने जनाएको छ । जसमध्ये चार हजार १४८ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टयाएको छ भने बाँकी रहेको २ लाख ५२ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
फागुन २६ देखि छिटोमा फागुन २९ गतेसम्म आवेदन दिनइसक्नु पर्र्नेछ । यो अवधिमा माग बमोजिम सेयरमा आवेदन नपरेको खण्डमा चैत २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
स्पर्सको सेयरमा आवेदन दिन चाहने लगानीकर्ताहरुले न्यूनतम १० देखि अधिकतम एक हजार ३४० कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहनले लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राएका बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
SHARE YOUR THOUGHTS