काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको मृत्यु भएसँगै सरकारमा रहेका मन्त्री, विभिन्न दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणहरुले शोक व्यक्त गरेका छन् ।
शोक व्यक्त गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले दुर्घटनामा परि निधन भएको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले रविन्द्र दाईको दुर्घटनाले स्तब्ध भएको भन्दै आफूले असल साथी र देशले आशातीत नेता गुमाएको भन्दै घटनामा परि मृत्यु भएकालाई समवेदना प्रकट गरेका छन् ।
गृहमन्त्री थापाले फेसबूकमा लेखेका छन्, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता रविन्द्र अधिकारी लगायत सात जनाको हेलिकप्टर दुर्घटनामा परी आज भएको निधनले स्तब्ध बनाएको छ । उहाँहरुप्रति भावपूर्ण श्रधाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
नेता गगन थापाले लेखेका छन्, ‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता१ रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली ।’
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले यी शब्दहरु लेख्दा हात काँपेको भन्दैलेखेका छन्, श्रध्दान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन् ।
SHARE YOUR THOUGHTS