काठमाडौं । धितोपत्र बोर्डले नरम विज्ञप्ती जारी गरेपछि सेयर ब्रोक्रर खुसी भएका छन् ।
बोर्डले फागुन १४ गते जारी गरेको विज्ञप्तीले ब्रोक्रर संघले उठाएको माग सम्बोधन गरेको भन्दै ब्रोक्रर संघले खुसी व्यक्त गर्दै विज्ञप्ती जारी गरेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले ब्रोक्ररलाई गाली गर्दै अर्थसमितिको बैठकमा बोलेका थिए ।
सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?
त्यसको जस्ताको तस्तै भनाई क्लिकमाण्डूले प्रकाशित गरेको थियो । त्यसको विरोधमा ब्रोक्रर संघले बोर्ड अध्यक्ष कार्की विरुद्द उत्रने निर्णय गरेका थिए ।
ब्रोकरसँग सेबोन अध्यक्ष कार्कीले भने- नबोलेका कुरा मिडियामा आए, सत्य भए राजिनामा दिन्छु
ब्रोक्ररसँगको छलफलमा कार्कीले क्लिकमाण्डूले गलत कुरा प्रकाशित गरेको त्यो पुष्टी भए राजिनामा दिने बताएका थिए । त्यसपछि क्लिकमाण्डूले उनले बोलेको अडियो नै सार्वजनिक गरेका थिए ।
रेवतबहादुर कार्कीज्यू, तपाईंले ‘अर्थ समितिमा बोलेको अडियो’ यही हो, अब राजिनामा दिने कि !
SHARE YOUR THOUGHTS