काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरको हिस्सा घटाउने भएको छ । आइतबार सम्पन्न बैंकको १७औं साधारणसभाले बैंकमा रहेको ६१.३१ प्रतिशत संस्थापक सेयरलाई घटाएर ५५ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।
अब बैंकमा ४५ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा हुने भएको छ ।
बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन (डीडीए गर्न मान्यताप्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधानकार्र्यालयमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष ०७४/०७५को वासलात, नाफानोक्सानहिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।
साधारणसभाले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे बमोजिम बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिनतथा १६५ शाखा कार्यालयसहित देशभर पैmलिएको ठूलो बैंकिङ सञ्जालको माध्यमबाट १२ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखाकार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
SHARE YOUR THOUGHTS