काठमाडौं । एनएमबि बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले तीन अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ ।
दश वर्ष अवधिको ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्ता सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । यो ऋणपत्रमा पाउनेलाई बैंकले वार्षिक दश प्रतिशत ब्याज दिने र त्यो ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ । बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपछि साँवा र ब्याज एकमुष्ट रुपमा भुक्तानी हुने जनाएको छ ।
बैंकले निष्कासन गरेको ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रुहेको छ । यसैबाट ६० हजार कित्ता सामुहित कोषका लागि छुट्टयाएको छ । बाँकी १८ लाख कित्ता व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ ।
‘एनएमबि ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । ऋणपत्रमा आवेदन दिन चाहनेका लागि फागुन ३० देखि चैत ४ गतेसम्म रहेको छ । यो अवधिमा नबिकेको ऋणपत्रमा चैत १४ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
यो ऋणपत्रमा सि–आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीयबाट आवेदन दिन सकिने छ । बैंकले यसअघि ५० करोड रुपैयाँको ऋणपत्र निश्कासन गरेको थियो ।
SHARE YOUR THOUGHTS