लिखित परीक्षा नै नगरी बैंकमा जागिर, ६४ लाख तलब « Eglish Khabarhub

लिखित परीक्षा नै नगरी बैंकमा जागिर, ६४ लाख तलब



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुनै परीक्षा नै नदिई जागिर खान पाइन्छ ? अह पाइदैन । सरकारी वा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा जागिरका लागि विभिन्न प्रकारको परीक्षा दिनु पर्छ र त्यसमा उत्तिर्ण समेत हुनुपर्छ ।

अनेकन प्रक्रिया पूरा भएपछि मात्रै योग्य उम्मेदवारले सेवामा प्रवेश गर्न सक्छ । विशेष गरी संसार भर नै बैंक तथा वित्तीय संस्थाको रोजगारीलाई आर्कषक रोजगारीको रुपमा लिइन्छ । धेरै योग्य उम्मेदवारको रोजाईमा समेत पर्दछ ।

तर भारतमा भने एउटा यस्तो बैंक छ जसले आफ्नो योग्यता र अनुभवको प्रमाणपत्र बुझाएपछि बैंकले योग्य ठानेको हकमा उसलाई जागिर दिने प्रणालीको विकास गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा योग्य उम्मेदवार भित्र्याउने र सबैभन्दा राम्रो सेवा दिने लक्ष्यका साथ त्यस्तो अफर गरिएको छ ।

भारतको सरकारी बैंक स्टेट बैंक अफ इन्डियाले स्पेशलिस्ट क्याडर अफिसर पदका लागि करार सेवामा रोजगारी दिने बताएको छ । योग्यता, अनुभवका आधारमा योइग्य उम्मेदवारले आवेद न दिएपछि बैंकको मानस्रोत विभागले आवश्यक छानबिन गरी त्यस्ता उम्मेदवारलाई रोजगारी दिने व्यवस्था गरिएको छ ।

भर्ती प्रक्रियामा सफल हुने उम्मेदवारलाई वार्षिक २५ लाख भारतीय मुद्रा( रु ४० लाख ) देखि ४० लाख भारतीय मुद्रा (रु ६४ लाख) सम्म तलब दिने बैंकको भनाइ छ ।

सो पदका लागि मार्च ४, २०१९ देखि आवेदन प्रक्रिया सुरु गर्न सकिनेछ । यस्तो भर्तीका लागि कुने लिखित परीक्षा हुने छैन ।

केवल अन्तर्वार्ता मात्रै गरिनेछ । अन्तरवार्ताको आधारमा नै योग्य उम्मेदवार छनोट गरिनेछ । बैंकको अनलाइनमा गएर फर्म भर्न सकिने र आफ्नो योग्यता र अनुभव भने उपलब्ध गराउनुपर्नेछ ।

बैंकले फरक पदका लागि फरक फरक योग्यता समेत तोकेको छ । २८ वर्ष देखि ५५ वर्षसम्मका उम्मेदवारले आवेदन दिन सक्नेछन । मेरिट तथा अन्तर्वार्ताका आधारमा योग्य उम्मेदवार छनोट गरिने र रोजगारी दिइनेछ । एजेन्सीको सहयोगमा

Publish on: