धितोपत्र बोर्ड र सेयर ब्रोक्ररको विवाद साम्य भएन, ५० वटा ब्रोकरले बोर्डमा बुझाए २८ बुँदे मागपत्र « Eglish Khabarhub

धितोपत्र बोर्ड र सेयर ब्रोक्ररको विवाद साम्य भएन, ५० वटा ब्रोकरले बोर्डमा बुझाए २८ बुँदे मागपत्र



काठामाडौं । धितोपत्र बोर्ड र सेयर ब्रोकरबीचको विवाद साम्य हुने देखिएको छैन ।

धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अर्थसमितिको बैठकमा बोलेपछि भएको विवाद बोर्डले र ब्रोकर संघले विज्ञप्ती जारी गरेर एक कदम पछाडि फर्किएको देखिएको थियो ।

सांसदकै अघि ब्रोकरप्रति खनिए सेबोन अध्यक्ष कार्की, भने- मलाई महाशत्रू घोषणा गरेर के गर्न सक्नुभयो ?

तर, ब्रोकरहरु धितोपत्र बोर्डमा सबै सदस्यको हस्ताक्षर सहित २८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा ५० वटा ब्रोक्रर कम्पनीको हस्ताक्षर रहेको छ ।

ज्ञापनपत्रको पहिलो बुँदामा नै ब्रोकरको व्यवसायिकता,नैतिकता, क्षमता र कार्यकुशलतामा हतोत्साही बनाउने व्यवहार अन्त्य गर्नुपर्ने माग रहेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष कार्कीले ब्रोकरहरु सक्षम नभएको कुरा अर्थसमितिको बैठकमा बताएका थिए ।

सेयर ब्रोकरसँग सुशासन पनि छैन, क्षमता पनि छैनः सेबोन अध्यक्ष रेवतबहादुर कार्कीको बिचार

सेयर ब्रोकरको क्षमता बढाउनको लागि ब्रोक्रर कम्पनीले खोल्ने कम्पनीलाई डिलर दिनुपर्ने, शुल्क सहितको परामर्श सेवा संचालन गर्न पाउनुपर्ने र पोर्टफोलियो व्यवस्थापनको काम गर्न पाउनुपर्ने माग रहेको छ ।

यस्तै ब्रोकरले व्यवसायीले गर्ने गल्तीमा पहिला सुधारको मौका दिनुपर्ने त्यसपछि मात्र कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेका छन् ।

बोर्डले नियमन गर्ने संस्थालाई गरेको कारबाहीलाई प्रचार गर्न नहुँने माग राखेका छन् । प्रादेशिक दलाल कम्पनीको इजाजत र बैंकलाई दिन लागेको लाइसेन्सको विषयमा समेत स्पष्ट हुनुपर्ने माग ब्रोकर संघको छ ।

रेवतबहादुर कार्कीज्यू, तपाईंले ‘अर्थ समितिमा बोलेको अडियो’ यही हो, अब राजिनामा दिने कि !

यसको लागि विशेषज्ञ सहितको अध्ययन आवश्यक भएको संघको मागपत्रमा उल्लेख रहेको छ ।

Publish on: