काठमाडौं । माउन्टेन हाइड्रो नेपालले साधारण सेयर (आईपिओ) बिक्री खुला गरेको छ । माउन्टेनले १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता सेयर बिक्री खुला गरेको जनाएको छ । माउन्टेनले जारी गरेको सेयर मध्ये १७ लाख ३९ हजार ७८८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यसको आवेदन दिन चाहनेका लागि आज (बिहीबार)देखि फागुन २८ सम्मगते समय रहेको छ । त्यो अवधिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
माउन्टेले जारी गरेको सेयरमध्ये ३६ हजार ३२२ कित्ता सेयर कर्मचारी र ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको र बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको जनाएको छ ।
माउन्टेनले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि १२ लाख ५० हजार कित्ता जारी गरेको थियो । जारी गरेको मध्ये ५ लाख ६६ हजार ११० कित्ता सेयरमा स्थानीयले आवेदन दिएका थिएनन् । त्यो पनि सर्वसाधारणलाई जारी गरिएको छ ।
आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम ५० देखि ८० हजार कित्तासम्म आवेदन दिनसक्ने बिक्री प्रबन्धकले जनाएको छ ।
आवेदन दिनका लागि बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटलका साथै सी-आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरबाट सक्नेछन् । माउन्टेनलाई इक्रा नेपालले ४ क्रेडिट रेटिङ्ग दिएको छ ।
SHARE YOUR THOUGHTS