काठमाडौं । अमेरिकी हेभी इक्युपमेन्ट उत्पादक कम्पनी क्याटर पीलरका उत्पादनहरु नेपालमा पनि उपलब्ध हुने भएका छन् ।
नेपालमा विकास निर्माणका कामको बढ्दो गतिसँगै गुणस्तरीय इक्युपमेन्टको आवश्यकतालाई मध्यनजर गर्दै बतास ट्रयाक्टर्स प्रालिले क्याटर पीलरका ‘क्याट’ ब्राण्डका हेभी इक्युपमेन्टको बिक्री सुरु गरेको हो । क्याटर पीलरले बतास ट्रयाक्टर्स प्रालिलाई नेपालका लागि आधिकारिक विक्रेता नियुक्त गरेको हो ।
बतास ट्रयाक्टरले पहिलो चरणमा क्याटर पीलरद्वारा उत्पादित एक्स्क्याभेटर र ह्विल लोडर बिक्री गर्नेछ भने केही महिनाभित्रै ब्याकहो लोडर समेत भित्र्याउने तयारीमा छ । कम्पनीको पहिलो आधिकारिक सोरुम काठमाडौंको गैरीधारामा र सर्भिस सेन्टर ललितपुरको नख्खुमा स्थापना गरिएको छ ।
सोरुमको उद्घाटन मितिे सोमबार क्याटर पीलर चाइना एन्ड इन्डियाका महाप्रवन्धक थोमस टीओ र ट्रयाक्टर इन्डिया प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल कुमार चतुर्वेदीले संयुक्त रुपमा गरेका थिए ।
कम्पनीका उत्पादनहरुको बिक्री सहजताका लागि कम्पनीले चाँडै नै पूर्वी नेपालको इटहरीसहित हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सर्भिस सेन्टर स्थापना गर्न लागिएको बतास ट्रयाक्टर्स प्रालिका कार्यकारी निर्देशक दिपेन्द मल्लले बताए ।
नेपालमा क्याटको औपचारिक बिक्री अघि नै उत्साहजनक बुकिङ सुरु भइसकेको छ । हालसम्म २७ वटा हेभी इक्युपमेन्ट बिक्रीका लागि बुकिङ भइसकेको छ भने थप बुकिङका लागि प्रक्रिया अघि बढीरहेको मल्ले जाकारी दिए ।
अधिकांश ठूला निर्माण व्यवसायीले क्याटको औपचारिक बिक्री सुरु भएकाले अब गुणस्तरीय हेभी इक्युपमेन्ट विदेशबाटै आयात गर्नुपर्ने बाध्यता नरहेको प्रतिक्रिया दिएको मल्लले बताए ।
‘संसारको सबैभन्दा पुरानो र स्थापित ब्राण्ड भएकाले क्याटको बिक्रीमार्फत मुलुक निर्माणमा योगदान पुर्याउन पाएकोमा हामी गर्व गर्दछा, संसारका अधिकांश ठूला आयोजना निर्माणमा प्रयोग हुने क्याटर पीलरका उत्पादन कम्पनीसँग पर्याप्त मात्रामा उपलब्ध रहेकाले यसको बुकिङपछि डेलिभरीका लागि लामो समय प्रतिक्षा गर्नुपर्ने बाध्यता उपभोक्तालाई रहने छैन,’ उनले भने ।
कम्पनीले स्पेयर्स पार्ट्सको पर्याप्तता र सुनिश्चतताका लागि ढुक्क रहन उपभोक्तालाई आग्रह गरेको छ ।
SHARE YOUR THOUGHTS