१ पुस २०८२, मंगलबार

सशस्त्र प्रहरीमा जागिर खाने हो ? एकैपटक ३२ सय ९७ जनालाई अबसर खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बलले ३ हजार २९७ जना प्रहरी जवान पदमा आवेदन माग गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विभाग, तालिम निर्देशनालयले नयाँ भर्ना सम्बन्धी आवेदन माग गर्दै उक्त परिमाणमा जनशक्ति थप गर्न लागेको हो ।

सूचनाअनुसार १ हजार ७७७ जना खुला, २९७ जना महिला, ४७५ जना आदीवासी जनजाती, ४१६ जना मधेशी, २२२ जना दलित, ७४ जना पिछडिएको क्षेत्र, ३६ जना अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती गरी ३ हजार २९७ जना आवेदन माग गरिएको हो ।

देशका विभिन्न ५८ वटा सशस्त्र प्रहरी बलको गुल्म तथा गणबाट पनि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यही फागुन २४ गतेदेखि आगामी चैत २५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

१५० रुपैयाँमा आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्तीमा ८ कक्षा उत्र्तीण गरेका योग्य व्यक्तिले आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भइ २२ वर्ष पूरा नभएका उम्मेदवारले आवेदन दिन पाउने छन् ।