काठमाण्डौ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।
दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा विभिन्न दलनका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।
नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुषसरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन् ।
विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।
तर अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभै आफूहरुको संघर्षले प्राप्त भएको रेग्मीले दावी गरिन् । आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।
‘शाषक र शाषित होइन, मालिक र दास होइन, श्रीमानले भातपकाउन र तरकारी काट्न किनहुँदैन ? रेग्मीले प्रश्नगरिन् ।
रेग्मीले अमेरिकामासमेत महिलाप्रतिको दृष्टिकोण परिवर्तन भइ नसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् ।
‘अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो,’ उनले भनिन् ।
रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘८ महिनासम्म एउटा बलात्कारी किनपक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन ।’ उनले भनिन् ।
रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कमहुने दावीगरिन् ।
संसदमै महिला हिंसा छः चन्दा चौधरी
कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्रीतथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरिन् ।
आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुखजति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् ।
चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् ।
चौधरीले समाजमामात्रै नभै संसदमापनिमहिला हिंसा हुने गरेको उनले बताइन् ।
बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो ।
SHARE YOUR THOUGHTS