काठमाडौँ । बैंक घोटालाको आरोपी भारतीय व्यापारी निरब मोदीको भव्य आलिशान महल ३० किलाको डाइनामायटले ध्वस्त पारेको छ । कूल १०० करोड भारतीय रुपैयाँ अर्थात् एक करोड ६० लाख बराबरको समुन्द्री किनारमा रहेको उक्त आलिशान महल भारतको सर्वोच्च अदालतको आदेशपछि भत्काइएको हो ।
सो महल भत्काउने काम गत जनवरी २५ देखि सुरु भृएको भएपनि असाध्यै बलियो भएका कारण भत्काउनमा समस्या पर्दै आएको थियो । असाध्यै बलियो गरी निर्माण गरिएका कारण उक्त आलिशान महलले समुन्द्री किनारको मापदण्ड उल्लंघन गरेको आरोप लागेको छ ।
भारतमा समुन्द्री किनारको क्षेत्र र मापदण्ड उल्लंघन गरेर घर तथा आवास बनाउनुे कार्यलाई गैरकानूनी मानिन्छ ।
भारतीय प्रशासनका अनुसार उक्त बंगला अवैध तरिकाले तटीय मापदण्डको उल्लंघन गरेर बनाइएको थियो । सन् २०११ मा ३७६ वर्ग मिटर क्षेत्रमा उक्त बंगला बनाउने इजाजत प्राप्त गरेको भएपनि १०८१ वर्ग मिटरमा निर्माण गरिएको थियो । उक्त बंगलामा १००० वर्ग फिटको स्वीमङि पुल समेत रहेको थियो ।
नीरब मोदीले अवैध तरिकाले एक बगैचा समेत बनाएका थिए । कयौ बेडरुम तथा अन्य सुविधा सम्पन्न उक्त बंगलालाई रिमोटमार्फत डाइनामाइटले विस्फोट गराइएको थियो ।
मुम्बई उच्च अदालतको आदेशपछि महाराष्ट्र सरकारले उक्त बंगला भत्काइएको हो । नीरब मोदीले अवैध तरिकाले बंगला बनाएको भन्दै उजुरी परेको थियो ।
मोदीलाई १३ हजार करोड बराबरको पिएनबी घोटाला गरेको आरोप लागेको छ । उनी यतिखेर देश छाडेर भागेका छन् । उक्त आरोपका विषयमा सिबिआईले जाँच पड्ताल गरिरहेको छ ।
SHARE YOUR THOUGHTS