१ पुस २०८२, मंगलबार

कस्ता आयोजनाले कति समय पाउँछन् हेजिङको सुविधा ? (विनियमावली सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले यही फागुन १३ गते राजपत्रमा प्रकाशित गरेको हेजिङ सम्बन्धी विनियमावली–२७५ नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले फागून २६ गतेदेखि हेजिङ विनियमावली कार्यान्वयनमा ल्याएको हो ।

अब नेपालमा डलरमा लगानी गर्ने लगानीकर्ताले १०० मेगावाट वा त्यो भन्दा धेरै क्षमताको जलविद्युत आयोजनामा लगानी गर्दा हेजिङको सुविधा पाउने भएका छन्। त्यसैगरी, २०० केभी क्षमताको ३० किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनमा पनि हेजिङ सुविधा उपलब्ध हुनेछ।

त्यस्तै, १० किलोमिटर लामो रेल, मेट्रो रेल तथा मोनो रेल र ५० किलोमिटर भन्दा लामो द्रुतमार्ग र मन्त्रिपरिषदले तोकेका अन्य परियोजनामा हेजिङ सुविधा उपलब्ध हुनेछ।

सरकारले ४ क्षेत्रमा आउने लगानीलाई हेजिङमा प्राथमिकता दिएको हो ।

हेजिङ सुविधा लिनका लागि स्वीकृत आयोजनाले विदेशी लगानीस्वरुप प्राप्त हुने रकम जम्मा गर्न बैंकमा निवेदन दिनुपर्छ। र, लगानीकर्ताले बैंकले तोकेको अवधिभित्रमा विदेशी मुद्रा जम्मा गर्नुपर्छ।

विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनियम दरअनुसार नेपाली मुद्रामा परिवर्तन गरी परियोजनाको नाममा कुनै वाणिज्य बैंकमा रहेको खातामा त्यस्तो परिवर्त्य नेपाली मुद्रा जम्मा गरिदिनेछ।

र, उक्त विनिमय दरलाई बैंकले ‘लक’ गरेर राख्नेछ । पछि रकम फिर्ता गर्दा सोही दरमा बैंकले डरलको सटही गर्नुपर्छ ।

यो सुविधा उपलब्ध गराएबापत बैंकले कति शुल्क लिने भन्ने विषयमा हेजिङ विनियमावलीमा उल्लेख छैन । आपसी समझदारीमा हेजिङ शुल्क निर्धारण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

कुनैपनि आयोजनाले बढीमा १० वर्षसम्म मात्रै हेजिङको सुविधा पाउने छन् ।