मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलत कागज पेश गरेमा गरिने सेयर कारोवारको कारवाहीको सिमा घट्यो


काठमाडौं । नेपाल धितोपत्र बोर्डले गलत कागज पेश गरेर धितोपत्र कारोवार गरेमा हुने कारवाहीको सिमा अवधी घटाएको छ । धितोपत्र बोर्डले सात दिनको लागि दलाल व्यवसायीलाई कारोवारमा रोक लगाउने गरेकोमा यसलाई घटाएर तीन दिनमा झारेको हो ।

बोर्डको माघ २७ मा बसेको निर्णयानुसार सिडिएस एण्ड क्लियरिङ्ग लि. को धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोश्रो संशोधन) विनियमावली, २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (दोश्रो संशोधन) विनियमावली, २०७३ लाई स्वीकृति प्रदान गरेर कारवाहीको अवधीलाई घटाएको हो ।

संशोधनले लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाईन रुपमा हेर्न सक्ने व्यवस्था गर्नुका साथै राफसाफ सदस्यले राफसाफ तथा फछ्र्यौट कार्य सम्पन्न नगरेमा वा गलत कागजात तथा धितोपत्रको प्रमाणपत्र पेश गरेको पाईएमा कम्तीमा सात कार्य दिनका लागि कारोबार गर्न रोक लगाउने व्यवस्था गरेको छ । तीन दिन मात्र कारोबार गर्न रोक लगाउने व्यवस्था गरिएको छ । यसै गरी उक्त संशोधनमा कुनै संगठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, निक्षेप सदस्य, सदस्य दलालले पद्धतिमा गलत प्रबिष्ट वा कारोवारको सम्वन्धमा गरेको त्रुटि सच्याउने सक्ने र धितोपत्रको अभौतिकीकरण गर्ने प्रक्रिया तथा सिडिएससीले प्राप्त गर्ने कमिशन सम्वन्धी व्यवस्था गरिएको छ ।