अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी आयोजना हुँदै, १६ देशका प्रदर्शनीकर्ताहरुको सहभागिता « Eglish Khabarhub

अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी आयोजना हुँदै, १६ देशका प्रदर्शनीकर्ताहरुको सहभागिता



काठमाडौं। कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपाल मै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना यही फाल्गुण ६ देखी भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डससहित १६ देशका २०० भन्दा बढी प्रदर्शनीकर्ताहरुको सहभागिता रहने बताईएको छ ।

प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी विभिन्न प्रविधिहरुको प्रदर्शनी गर्नुका साथै कृषि, पशुपालन तथा डेरी सम्बन्धि विभिन्न प्राविधिक गोष्ठीहरु पनि संचालन गरिने आयोजकले जानकारी दिएको छ ।

सो प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेसिन देखी लिएर कृषि, डेरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने आयोजकले जनाएको छ ।

Publish on: