ठूला लगानीकर्ता खोज्दै सेयर बजार, कहिले बातावरण बनाउला नियामकले ? « Eglish Khabarhub

ठूला लगानीकर्ता खोज्दै सेयर बजार, कहिले बातावरण बनाउला नियामकले ?



काठमाडौं । साताको पहिलो दिन सामान्य सुधार आएको सेयर बजार सोमबार भने आफ्नै लयमा फर्किएको छ । केही समय यता बजारमा निरन्तर जस्तै गिरावट आउने क्रमम रोकिएको छैन् । बजारको विकास, विस्तारका लागि लगानीकर्ताहरुले आन्दोलनदेखि नियामक निकायले गरेका कुनैपनि कामले बजारको गिरावटलाई रोक्न सकेको छैन ।

यतिबेला ठूला लगानीकर्ताहरु प्रवेश नगरेकै कारण बजारले अपेक्षाकृत गति लिन नसकेको लगानीकर्ताहरुको भनाई छ । बजारमा ठूला लगानीकर्ता प्रवेश नगर्ने, लगानीकर्ताका नाममा खुलेको संस्थाहरु पटक–पटक आन्दोलन गर्ने, नियामक निकायले लगानीकर्तालाई सौतेलो व्यवहार गर्दैै कहिले प्यानको विषय अघि सार्ने, कहिले पुँजीगत लाभकर जस्ता विषय उठाएकोले बजारमा ठूला लगानीकर्ताहरु आउन डराएको चर्चा सुरु भएको छ । अहिले बजारमा भएका लगानीकर्ताहरु दिर्घकालीन लगानी भन्दा पनि नाफा बुक गर्ने ध्यानमा मात्र रहेकोले, बजार सुधारमा गर्नुपर्ने काम नगर्नाले समस्या सृजना भएको एक लगानीकर्ताको बुझाई छ ।

‘यति बेला धितोपत्र बजारले ठूला लगानीकर्ता कुरेर बसेको छ’ ति लगानीकर्ताले भने, ‘अहिले बजार घट्नै पर्ने खास कारण छैन, ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्ने हो भने त्यसको असर साना लगानीकर्तामा प्रत्यक्ष नपर्ला भन्न सकिन्न, यसले बजारको विकास पनि हुँदैन, ठूला लगानीकर्ता आउने वाताबरण बनाउने निकाय समय समयमा केही न केही विषयमा अल्झीदै आएको छ, अनी कसरी हुन्छत बजारको विकास ।’

सोमबार सेयर बजार मापन गर्ने सूचक ७.४७ अंकले घटेर नेप्से परिसूचक ११५३.९८ बिन्दुमा रोकिएको छ । १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता सेयर ३६ करोड ७ लाख ९ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।  यो दिन दश वटा उपसमूहको कारोबार हुँदा वित्त र उत्पादन तथा प्रशोधन समूहको सूचकमा हरियो देखिएको छ भने बाँकी सबैमा रातो लागेको छ । वित्त उपसमूहको ४.३८ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ७.६६ अंकले बढेको छ ।

यता सबैभन्दा बढी जीवन बीमा समूहको ७६,५३ अंकले घटेको छ भने निर्जीबन बीमा ६०.४६, जलविद्युत १४.३९, माइक्रोफाइनान्स १०.६८, बैंकिङ ६.३७ अंकले घटेको छ । यो दिन कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंकको संस्थापक समूह अग्र स्थानमा देखिएको छ । ग्लोबलको संस्थापकको ६ करोड ३९ लाखको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः साइन रेसुङगा डेभलपमेन्ट बैंक र एभरेष्ट बैंक रहेका छन् ।

यो दिन सबै भन्दा बढी कमाउनेमा उन्नती फाइनान्स, मल्टीप्रपोज फाइनान्स कम्पनी, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन भने गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त, खानीखोला हाईड्रोपावर, रैराङ हाईड्रोपावरका लगानीकर्ता रहेका छन् ।

Publish on: