काठमाडौं । सेयर बजारमा लामो समयदेखि देखिको सुस्त गतिको गिरावट मंगलबार पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक ६.८३ अंकले घटेर ११४७.१५ अंक रोकिएको छ ।
यो दिन नेप्सेमा सामान्य गिरावट देखिएपनि कारोबार रकमले भने सबै लगानीकर्तालाई चिन्तीत बनाएको छ । यो दिन १५८ कम्पनीको ५ लाख ३४ हजार ९९५ कित्ता सेयर १४ करोड ८६ लाख ३३ हजार २४५ रुपैयाँमा किनबेच भएको छ ।
बजार सामान्य अंकले बट्दा कारोबार रकम भने निकै चिन्ताजनक देखिएको छ । दशवटा उप समूहको कारोबार हुँदा सबैमा गिरावट देखिएको छ । सबैभन्दा बढी निर्जीबन बीमा समूहको २२.३९, जीवन बीमा समूहको २०.२३, विकास बैंक ९.९८, बैंकिङ समूहको ६.७५ अकले घटेको छ ।
यो दिन कारोबार रकमका आधारमा नागरिक लगानी कोष अगाडी देखिएको छ । कोषको २ करोड ३५ लाख ४६ हजार ४०८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः गुराँस लाईफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको संस्थापक समूह रहेको छ ।
कारोबारमा आशा लघुवित्त, श्री राम सुगर मिल्स, सिध्नु विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने मैत्री डेभलपमेन्ट बैंक, ऋणी हाईड्रोपावर कम्पनी, साइन रेसुङगा डेभलपमेन्ट बैंक, अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।
SHARE YOUR THOUGHTS