लुम्बिनीमा प्रसुतीगृह संचालनदेखि रेलमार्गको परियोजना लगानी सम्मेलनका लागि तयार « Eglish Khabarhub

लुम्बिनीमा प्रसुतीगृह संचालनदेखि रेलमार्गको परियोजना लगानी सम्मेलनका लागि तयार



काठमाडौं । लगानी सम्मेलनमा सरकारले लुम्बिनीमा प्रसुतीगृह संचालन गर्ने देखि रेलमार्ग बनाउनेसम्मका परियोजना लगानीकर्तालाई देखाउने भएको छ ।

आगामी साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा ४१ वटा परियोजना लगानीकर्ताको लागि तयार भएर शोकेसमा राखिएका छन् । जुन परियोजना बन्नको लागि १५ खर्ब ५३ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

लगानी बोर्डले तयार पारेको परियोजनामा सातै प्रदेशमा कृषिको लागि गोदाम गृह निर्माण गर्ने रहेको छ । यस्तै फोहरमैला व्यवस्थापनको लागि पनि सातै प्रदेशमा लगानी गर्न आह्वान गरिने छ ।

काठमाडौं उपत्यकाको मेट्रो रेल,पूर्वपश्चिम विद्युतीय रेलमार्ग तथा काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग रहेको छ ।

लगानी बोर्डले ६ वटा क्षेत्रमा परियोजनालाई देखाएको छ । कृषि क्षेत्रको पूर्वाधार,शिक्षा स्वास्थ्य,औद्योगिक क्षेत्र र पर्यटन छन् । यस्तै पूर्वाधार विकास र सहरीकरणका परियोजनापनि तयार भएर सम्मेलनमा तयारीका साथ राखिएको छ ।

यसरी तयार भएका परियोजनाको बारेमा बोर्डले विस्तृत विवरण राखेको छ ।
चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा छिमेकी भारत र चीन सहित देशका लगानीकर्तालाई आह्वान गरिएको छ ।

बोर्डले तयार पारेका कतिपय परियोजना भने सम्मेलनमा देखाउनको लागि मात्र तयार पारेका जस्ता छन् । कतिपय परियोजनाले विगतदेखि नै निरन्तरता पाएका छन् ।

बोर्डले बिराटनगर र धनगढीमा क्षेत्रिय अन्तराष्ट्रिय विमास्थल बनाउने तथा बाराको निजगढमा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थलको लागि समेत लगानीको लागि आह्वान गर्दै प्रोजेक्टलाई शो गरेको छ ।

यस्तै पर्यटन क्षेत्रमा शे फोक्सुन्डो तालमा रिसोर्ट खोल्ने देखि लिएर खप्तडमा बृहत पर्यटन गुरुयोजना तयार पार्ने रहेको छ ।

काठमाडौं उपत्यका सहित लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा यातायात व्यवस्थापनको लागि ठूला विद्युतीय बस संचालन गर्ने समेत परियोजना बोर्डले प्रस्तुत गरेको छ ।

यस्तै धुलिखेलमा मेडिकल सिटी बनाउने देखि लिएर औद्योगिक पार्क तथा सिमरामा बन्न लागेको सेजमा समेत विदेशी लगानी गर्नको लागि लगानीकर्तालाई आह्वान गरिएको छ ।

गौतम बुद्दको जन्मस्थल लुम्बिनीमा २ सय बेडको अन्तराष्ट्रिय स्तरको प्रसुतीगृह संचालन गर्ने प्रोजेक्ट पनि प्रस्तुत गरिएको छ । जसको निर्माण लागत ४ अर्ब २५ करोड रुपैयाँ पर्ने रहेको छ ।

परियोजना लागत(१० लाख अमेरिकी डलरमा) स्थान
रासायनिक मल कारखाना 650 प्रदेश २ वा ५
गोदाम गृह-शितघर_ 3.15 सुर्खेत
गोदाम गृह-शितघर_ 4.43 बनेपा वा चितवन
गोदाम गृह-शितघर_ 3.14 र्कलाली, अत्तरिया
गोदाम गृह-शितघर_ 5.63 पोखरा,हेम्जा
गोदाम गृह-शितघर_ 6.1 विरगन्ज
गोदाम गृह-शितघर_ 6.55 मनिग्राम,रुपन्देही
गोदाम गृह-शितघर_ 5.45 ऊर्लाबारी,मोरङ
धुलिखेल मेडसिटी 74 धुलिखेल,काभ्रे
एजुकेशन स्पोर्ट एण्ड हेल्थ सिटी 100 जुनसुकै स्थानमा
गण्डकी टेक्निकल युनिभर्सिटी 61 सुक्लागण्डकी नगरपालिका,तनहुँ
औद्योगिक पार्क 80.27 मोतिपुर,रुपन्देही
र्आैद्योगिक पार्क 77.6 नाबस्ता,बाँके
विशेष आर्थिक क्षेत्र 44.86 सिमरा,बारा
दमौली बहुउद्देश्य 55 गण्डकी प्रदेश
दोलखा माउन्टेन एकेडमी 45 सैुलुख,दोलखा
ड्रिमल्याण्ड धुलिखेल 43 धुलिखेल,काभ्रे
फिल्मसिटी 25 भिमेश्वर,दोलखा
गौतमबुद्द अन्तराष्ट्रिय प्रसुती हस्पिटल 39 लुम्बिनी,रुपन्देही
जानकी हेरिटेज होटल 20 जनपुर,धनुषा
लक्जरी रिसोर्ट,शे फोक्सुडो 100 शे फोक्सुन्डो,हुम्ला
स्कि रिसोर्ट,मनाङ 100 मनाङ
ताल तलैया थिम पार्क 41 इटहरी,सुनसरी
खप्तड टुरिजम प्रोजेक्ट 187 खप्तड
बिराटनगर क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल 364 बिराटनगर,मोरङ
बस र्यापिट ट्रान्जिट 149.5 रिङरोड,काठमाडौं
धनगढी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल 258 धनगढी,कैलाली
पूर्वपश्चि विद्युतीय रेलमार्ग 3000 पूर्वपश्चिम(मेचीबाट महाकाली)
पब्लिक ट्रान्सपोर्ट 43 सुदूरपश्चिम प्रदेशभर
काठमाडौं,पोखरा,लुम्बिनी रेलमार्ग 2830 काठमाडौं,पोखरा,लुम्बिनी
काठमाडौं भ्याली मेट्रो 5471.72. काठमाडौं उृपत्यका
निजगढ अन्तराष्ट्रिय विमानस्थल 6565 बारा
पब्लिक ट्रान्सपोर्ट(बुद्धिस्ट सर्किट) 203 लुम्बिनी,रुपन्देही
हेटौडा स्मार्ट सिटी 300 हेटौडा,मकवानपुर
फोहरमैला व्यवस्थापन धुलिखेल 4.3 धुलिखेल,काभ्रे
फोहरमैला व्यवस्थापन सिमरा 8.3 सिमरा,बारा
फोहरमैला व्यवस्थापन रत्ननगर 5.5 रत्ननगर,चितवन
फोहरमैला व्यवस्थापन बुटवल 8.5 बुटवल,रुपन्देही
फोहरमैला व्यवस्थापन जनकपुर 6.4 जनपुर,धनुषा
नेपाल अन्तराष्ट्रिय एक्प्सो केन्द 16 भक्तपुर

Publish on: