मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवा सेजमा विद्युतीय कार उत्पादन गर्न भारतीय व्यवसायीले ४० हजार बर्गफिट जग्गा मागे



काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा विद्युतीय कार उत्पादन गर्नका लागि स्थान उपलब्ध गराउन भारतीय व्यवसायीले आग्रह गरेका छन् । भारतीय व्यवसायी कैन्यहालाल शर्माले कार उत्पादनको लागि प्लट उपलब्ध गराउन सेजलाई आग्रह गरेका हुन् ।

शर्माले इमेल मार्फत् आफूले २० देखि ४० हजार वर्गफिटको प्लट उपलब्ध गराउन आग्रह गरेको सेजका सह-सचिव सुन्दर थापाले क्लिकमाण्डूलाई बताए ।

व्यवसायी शर्माले सेजमा प्लट पाएको खण्डमा वार्षिक २० हजार इलेक्ट्रिक कार उत्पादन गर्ने तयारी गरेको जनाएका छन् । सेजका अनुसार उनले कारका लागि आवश्यक ब्यट्री, कारको स्वरुप(बडी) उत्पादन तथा र्चार्जिङ स्टेशनका लागि गरी २० देखि ४० हजार वर्गाफिट जग्गा माग गरेका हुन् ।

‘हामीले सिमरा लगायतका अन्य क्षेत्र जग्गा उपलब्ध गराँउछौं भन्यौं तर उहाँले मान्नुभएन, उहाँले आफूलाई भैरहवामा चाहिएको बताउनुभयो,’ सहसचिव थापाले भने, ‘उहाँको मागलाई सम्बोन गर्नका लागि हामी के कस्ता विकल्प हुन्छन् भनेर खोजिरहेका छौं ।’

पछिल्लो समय सेजमा रहेका सम्पूर्ण प्लटहरुमा उधोग स्थापना गर्ने भन्दै उद्योगीहरुले प्लट बुकिङ गरिसकेको सेजले जनाएको छ ।

उद्योगीहरुले उद्योग सञ्चालन गर्न भनिए पनि उद्योग सञ्चालन नगरी प्लट लिएर बसेका छन् । त्यस्ता ठाउँ ओगटेर बस्ने उद्योगलाई हटाउने तयारी भइरहेको सहसचिव थापाले जानकारी दिए ।

दुईवटा उधोगले प्लट खाली गर्ने भनेका छन् । उक्त खाली भएको प्लट शर्मालाई दिन सकिने थापाको भनाई छ ।

व्यवसायी शर्मा अटो कर्पोरेशन (युएसए) अमेरिकासँग आवद्ध छन् ।