काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले १४ लाख ८५ हजार कित्ता साधारण (आईपीओ) सेयर बिक्री गर्ने भएको छ ।
यसमध्ये ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याएको छ भने बाँकी रहेको सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार पाँच सय कित्तासम्म आवेदन दिन सकिने कमपनीले जनाएको छ । उक्त सेयरमा चैत २० गतदेखि २५ गतेसम्म आवेदन दिन सकिने छ । त्यो समयमा सेयर नबिकेको खण्डमा वैशाख १९ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।
सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीले उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।
SHARE YOUR THOUGHTS