काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धर्ना दिन पुगेका सेयर लगानीकर्ता दबाब समूहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेप्सेमा धर्ना दिन पुगेका १३ जनालाई महानगरीय प्रहरी वृत अनामनगरका इन्स्पेक्टर शिवकुमार बुढाथोकीको टोलीले पक्राउ गरेको हो । दबाब समूहका सदस्यहरु बिहान १० बजे नै नेप्सेमा धर्ना दिन पुगेका थिए । उनीहरुलाई प्रहरीले नेप्सेको गेटसम्म जान दिएको थिएन ।
नेप्सेको प्रवेशद्वारसम्म पुग्न नपाएका उनीहरुले टुकुचा खोलाको पुलमाथि कालो झण्डा देखाएर विरोध गरी रहेका थिए । त्यही समयमा प्रहरीले पक्राउ गरेको बताइको छ ।
पक्राउ पर्नेहरुमा दबाब समूहका अध्यक्ष हरी ढकाल, महासचिव नयन बास्तोलाका साथै लगानीकर्ता दिपेन्द्र अग्रवाल, तिलक कोइराला, दिपक पाण्डे, राम थापा,शुस्मा ढुङगाना, प्रविना ज्ञवाली, पुरुषोत्तम सापकोटा लगायत रहेका छन् ।
SHARE YOUR THOUGHTS