रनरको बहुप्रतिक्षित २०० सिसीको हक मोटरसाइकल नेपाली बजारमा « Eglish Khabarhub

रनरको बहुप्रतिक्षित २०० सिसीको हक मोटरसाइकल नेपाली बजारमा



बंगलादेशको प्रतिश्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ ।

१ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ ।

यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ । नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथल भूभागमा परिक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ । रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ विक्रि गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पुरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए ।

रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने रहेको बताए । हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीको बनाई छ ।

ग्राहकको आकर्षणका लागि रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा विक्री वितरण सुरू गरेको छ । जुन अन्य प्रतिश्पर्धि मोटरसाइकलको भन्दा निकै कम मूल्य रहेको छ । रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ । रनर बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी हो ।

Publish on: