नयाँ वर्षमा टिभिएसले ल्यायो ‘सात छ हाम्रो’ अफर « Eglish Khabarhub

नयाँ वर्षमा टिभिएसले ल्यायो ‘सात छ हाम्रो’ अफर




काठमाडौं । जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा ग्राहकहरुका लागि टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ ।

नयाँ वर्षको सुरुवात टिभिएसको साथ् मनाउन र शुभकामना स्वरूप उक्त अफर ग्राहकहरुको माझ ल्याइएको जगदम्बा मोटर्सले बताएको छ । हरेक दुइ पांग्रे सवारी प्रयोगकर्ताहरुलाई मध्यनजर गरी टिभिएसको ‘साथ छ हाम्रो‘ अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो ।
चैत्र ११ गते देखि सुरु हुने उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजारको सियोरशट नगद छुटको व्यवस्था गरेकोे छ । यस अफरले स्क्र्याच कुपनको झनजट हटाइ ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरेका हो । । २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट ग्राहकहरु लाभान्वित हुन सक्नेछन ।
टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट पÞmाइन्यन्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवाका फाइदाहरु दिदै आएको छ ।

Publish on: